
काठमाडौं , वैशाख १९ । । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफै ब्यहोर्ने भएका छन ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले प्रेस बिज्ञप्ति जारी गर्दै राष्ट्रपतिले पछिल्लो समय भारतमा गराइएको उपचार खर्च राष्ट्रपति आफैले ब्योहोर्ने जानकारी दिएका हुन् ।
सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका छन् ।
भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्केका हुन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे