
काठमाडौं, ४ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निरन्तर संसदमा अवरोध रहिरहेपछि राष्ट्रपतिले यसबारेमा छलफलका लागि मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
मंगलबार बिहान साढे ८ बजेका लागि शीतल निवासमा सर्वदलीय बैठक आह्वान भएको जनाइएको छ । श्रोतका अनुसार बैठकमा प्रधानमन्त्री र सभामुखका साथै शीर्ष नेताहरु र प्रमुख सचेतक, सचेतकलगायतको सहभागिता रहनेछ ।
एमालेले त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० किलो सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० देखि संसद अवरुद्ध गर्दै आएको छ ।
एमालेले त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० किलो सुन प्रकरणमा सरकारमा रहेका व्यक्तिकोसमेत संलग्नता रकेको भन्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० देखि संसद अवरुद्ध गर्दै आएको छ ।
आइतबार बिहान संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रिय मान्यता प्राप्त दलसँगको बैठक गरेका थिए । तर दुबै बैठकमा सहमति जुट्न सकेको थिएन ।
अब संसद अवरोध खुलाउन राष्ट्रपति पौडेलले पहल गर्ने जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे