
एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्दैछन् । यसअघि उनले आजै शपथ ग्रहण गर्दैछन् । ह्वाइटहाउस प्रवेशअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स चर्चमा प्रार्थना सभामा सहभागी हुनेछन् । त्यसपछि वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण हुने छ ।
शपथग्रहण समारोहमा विश्वका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् । शपथअघि उनले अमेरिकाको वाशिंगटन डीसीको रंगशालामा आफ्नो विजय र्यालीमा समर्थकहरूलाई सम्बोधन गर्नेछन् । आफ्नो राष्ट्रपति पदको पहिलो दिनमा धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने योजना बनाएको बताउँदै उनले आफनो कार्यकालमा अमेरिकी जनताको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
ट्रम्पले आफ्नो नयाँ सल्लाहकार निकाय, डोगे ९सरकारी दक्षता विभाग० को प्रचार गर्दै गर्दा एलोन मस्कले पनि छोटो सम्बोधन गर्ने छन् । राष्ट्रपतिको शपथका लागि आज वाशिङटन डीसीमा भव्य तयारी गरिएको छ । जसमा हजारौं ट्रम्पका समर्थकहरू भेला भएका छन् ।
शपथग्रहण समारोह भोली सम्पन्न हुनेछ । शपथ ग्रहण समारोह समितिले सो समारोहका लागि हालसम्मकै सर्वाधिक उच्च रकम अर्थात् १७ करोड अमेरिकी डलर संकलन गरिसकेको छ । समारोहका लागि दश लाख डलर वा सोभन्दा बढी चन्दा दिने चन्दादाताहरु राष्ट्रपति तथा नवगठित मन्त्रिपरिषद्का सदस्यहरुसँगै चियापान तथा भोजमा सामेल हुनेछन् । शनिबार भर्जिनियास्थित गल्फ क्लबबाट सुरु भएको उत्सवका कार्यक्रम मंगलबारसम्म जारी रहने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे