
काठमाडौं । नेपाली कांग्रेसको आज दिउँसो १ बजे ललितपुरको एक होटलमा हुने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएका छन्। देउवा बैठकमा सहभागी नहुने भएपछि बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन्।
जेनजी आन्दोलन भएको भदौ २३ र २४ गतेपछि देउवा पार्टीका कुनै पनि बैठकमा सहभागी भएका छैनन्। आन्दोलनको दोस्रो दिन अर्थात् भदौ २४ गते देउवा र उनकी पत्नी आरजु राणामाथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको घटना भएको थियो। त्यसयता देउवा आन्तरिक पार्टी बैठकमा देखिएका छैनन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे