
काठमाडौं, कात्तिक २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार बिहान स्वदेश फर्कनु भएको छ।
राष्ट्रपति भण्डारीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारीहरु विमानस्थल पुग्नु भएको थियो।
आइसल्याण्डमा उहाँले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको थियो ।राष्ट्रपति भण्डारी कात्तिक २१ गते सोमबार आइसल्याण्डतर्फ प्रस्थान गर्नु भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे