
काठमाडौँ , माघ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन। संसद् सचिवालयका अनुसार संयुक्त बैठकलाई उनले शुक्रबार अपराह्न ३ बजे सम्बोधन गर्दै छिन।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद् भवन नयाँ बानेश्वरबाट विशेष सम्बोधन गर्ने भएकी हुन् ।निर्वाचनमार्फत नयाँ संसद र सरकार बनेपछि राष्ट्रपतिको सम्बोधन गर्ने व्यवस्था भएअनुसार शुक्रबारको सम्बोधन हुन लागेको हो ।
राष्ट्रपतिको सम्बोधनपछि सदनले धन्यवाद प्रस्ताव पारित गर्नेछ। त्यसको लगत्तै ५:०० बजे दुवै सदनको छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची तय भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे