
काठमाडौँ – चीनको लेन्देखोलाबाट आएको बाढीले नेपाल-चीन सीमामा रहेको मितेरी पुल बगाएपछि चीनतर्फ फसेका नेपालीहरूलाई तातोपानी नाकाबाट नेपाल फिर्ता ल्याउने प्रयास भइरहेको छ।
रसुवा जिल्ला प्रशासनले केरुङमा काम गर्न गएका चालक, सहचालक र अन्य नेपालीहरूलाई नेपाल फर्काउन चीनसँग सम्पर्क गरिएको बताएको छ। जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, करिब १,२०० नेपाली अलपत्र परेका छन्, जसमा ९१ जना मालवाहक चालक र सहचालक छन्।
चीनले नै उनीहरूलाई खाना र बस्ने व्यवस्था गरेको छ। मितेरी पुल फेरि बन्न धेरै समय लागेपछि तातोपानी नाकाबाट नेपालीहरू फर्काउने तयारी भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे