
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइका लागि पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन्। राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत ब्रह्देवस्थित व्यारेज निरीक्षण गर्दै मन्त्री घिसिङले दुई देशका संयन्त्र र द्विपक्षीय भेट तथा पत्राचारमार्फत निरन्तर छलफल भइरहेको बताए।
नेपालतर्फ मुख्य नहर, शाखा र प्रशाखा नहर बनिसकेकाले करिब पाँच हजार हेक्टर जमिनमा छिट्टै सिँचाइ सुविधा उपलब्ध हुने विश्वास गरिएको उनले बताए। महाकाली सन्धिअनुसार हिउँदमा ३०० क्युसेक र वर्षा याममा १,००० क्युसेक पानी नेपाललाई उपलब्ध गराइने व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे