
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले तय मितिमा निर्वाचन सम्पन्न गर्नेमा पूर्ण रूपमा दृढ रहेको बताएका छन्। सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन सत्रमा बोल्दै मन्त्री अर्यालले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको तयारी कार्यतालिकाअनुसार भइरहेको जानकारी दिए ।
उनले निर्वाचन स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुरूप गृह मन्त्रालय र प्रदेश सरकार सक्रिय रहेको बताउनुभयो। अर्यालले निर्वाचनमा भाग नलिने, भ्रम फैलाउने वा सुशासन कमजोर बनाउने प्रयास अस्वीकार्य भएको औँल्याए।
फरार कैदीबन्दीसम्बन्धी प्रश्नमा मन्त्री अर्यालले कुल फरार कैदीमध्ये करिब ७० प्रतिशत फिर्ता भइसकेको र बाँकी पनि छिट्टै फर्काउने प्रयास भइरहेको जानकारी दिए। उनले सरकारले निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यअनुसार अघि बढिरहेको पनि स्पष्ट पारे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे