
काठमाडौं, २४ भदौ – काठमाडौं उपत्यकाको प्रमुख पर्व इन्द्रजात्राका लागि बसन्तपुर क्षेत्रमा व्यापक तयारी भइरहेको छ। रथ निर्माण, सरसफाइ र अन्य तयारी कार्यहरू तीव्र गतिमा चलिरहेका छन्।
इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि सुरु हुन्छ। यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ। लिंगो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ, जसमा लिंगोको फेदमा भैरवको पूजा गरिन्छ। परम्परागत रूपमा, इन्द्रजात्रा शत्रु पराजित भएपछि विजय मनाउने पर्वको रूपमा मनाइन्छ। यसलाई शक्ति प्राप्ति र प्रदर्शनको पर्वको रूपमा पनि लिइन्छ।
काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका ठाउँहरूमा धुमधामसँग इन्द्रजात्रा मनाउने परम्परा रहेको छ। यसवर्षको इन्द्रजात्राका प्रमुख कार्यक्रमहरू यसप्रकार तय भएका छन्:
यसै दिन राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालिने छ, र यसरी जात्राका सबै कार्यक्रम समाप्त हुनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे