
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बीच पछिल्लो समय पार्टीभित्र वाकयुद्ध चर्किएको छ। कोशी प्रदेश कमिटी सचिवालय बैठकमा सहभागी हुन बिहीबार बिहान विराटनगर पुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनार्दन शर्माको नामै लिएर टिप्पणी गरेका हुन्। पत्रकारले ‘आफ्नै नेताले तपाईंलाई पत्याएका छैनन्’ भन्ने प्रश्न राख्दा प्रचण्डले, “एक जना प्रभाकरले नपत्याएको भन्दै पार्टीको आन्दोलन र इतिहास रोकिने होइन,” भनेर जवाफ दिए।
उनले जनार्दन शर्माको अभिव्यक्तिबारे पार्टीमा समीक्षा हुने बताए। साथमा उनले पत्रकारले अनावश्यक रूपमा विवाद चर्काउने शैलीमा प्रश्न गर्ने गरेको भन्दै गुनासो पनि गरे। “पदाधिकारी बैठकमा उहाँ (जनार्दन) ले के भनेका हुन्, त्यसबारे फेरि छलफल हुन्छ,” प्रचण्डले स्पष्ट पारे।
अर्को प्रसंगमा प्रचण्डले लिपुलेक विवादबारे सरकार गम्भीर रहेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र भारत भ्रमणमा के कदम चाल्छन् भन्ने प्रतीक्षा गर्नुपर्ने उनको भनाइ छ। “यो समस्या समाधान नगरिकन छिमेकीसँग सम्बन्ध सुमधुर हुन सक्दैन,” उनले भने।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे