काठमाडौँ ,२० साउन |जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) जापान जाँदै छन् ।स्रोतका अनुसार उनीसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जाँदै छन् ।
उनको सचिवालयको अनुसार उनी १०:३०मा जापान उड्ने छन् ।अध्यक्ष प्रचण्ड साउन २५ मा स्वदेश फर्किनेछन्।प्रचण्डको राजनीतिक भेटघाटको भने कुनै स्रोत खुलाइएको छैन ।
असार अन्तिममा भारतीय जनता पार्टीको निमन्त्रणमा प्रचण्ड नयाँदिल्ली पुगेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे