
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको भिजेको हावाको असर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ भने अन्य भागमा आंशिक बदली रहनेछ।
यी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र अन्य क्षेत्रमा एक-दुई ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ। साथै उच्च पहाडी र हिमाली क्षेत्रमा एक-दुई ठाउँमा हल्का पानी र हिमपात हुन सक्छ। मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा केही ठाउँमा हुरीबतास चल्न सक्छ।
राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहन सक्छ भने अन्य ठाउँमा मौसम सफा वा आंशिक बदली रहने अनुमान छ। तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे