
काठमाडौं, श्रावण २२।नेपालका लागि अष्ट्रेलियाका राजदूत महामहिम फेलिसिटि भोल्कप्रति हार्दिक आभार व्यक्त गर्दै इक्यानका अध्यक्ष शेषराज भट्टराईले भनेका छन्, “महामहिम भोल्कको कार्यकालले हाम्रो देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने महत्वपूर्ण भूमिका खेलेको छ। उहाँको समर्पणले विशेषगरी शिक्षाको क्षेत्रमा सकारात्मक र दिगो प्रभाव पारेको छ।”
भट्टराईले अष्ट्रेलियाका राजदूतको योगदानलाई उच्च मूल्याङ्कन गर्दै, यसले नेपाली विद्यार्थीहरूको शैक्षिक भविष्यमा महत्वपूर्ण मद्दत पुर्याएको टिप्पणी गरे। उहाँले भने, “महामहिम भोल्कले हाम्रो साझेदारीलाई सुदृढ बनाउन गरेको प्रयास र प्रतिबद्धताले हाम्रो दुवै देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ।”
आभार व्यक्त गर्दै, अध्यक्ष भट्टराईले भविष्यमा पनि अष्ट्रेलिया र नेपाल बीचको सम्बन्धलाई अझ बलियो र स्थिर बनाउने अपेक्षा राख्ने व्यक्त गरे। यस अवसरमा, उहाँले राजदूत भोल्कलाई आफ्नो अमूल्य योगदानको लागि धन्यवाद दिदै, आगामी चुनौतीहरूलाई साथ मिलेर समाधान गर्न सँगै काम गर्ने आशा व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे