
काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक फोटो, भिडियो र एआई तस्विरबाट नागरिकले भ्रम नपरोस् भनेर अनुरोध गरेको छ। प्रहरीले जानकारी दिएको छ कि पछिल्ला दिनमा विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भ्रामक सूचना, फोटो, भिडियो र एआई सिर्जित श्रव्य–दृश्य सामग्रीहरू साझा गरिरहेका छन्।
काठमाडौंको नारायणगोपाल चोक नजिकै चक्रपथ सडक खण्डमा पैदल यात्रीमाथि हातपात गरी दुर्व्यवहार गर्ने एक सवारी चालक प्रहरी नियन्त्रणमा परेको छ। प्रहरीले घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अनुसार अनुसन्धान अगाडि बढाइरहेको प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिनुभयो।
यस घटनापछि सामाजिक सञ्जालमा गलत र भ्रामक फोटो, भिडियो तथा अन्य सूचना र एआई सिर्जित सामग्रीहरू व्यापक रूपमा फैलिएका विषय प्रहरीको ध्यानमा आएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले नागरिकलाई सचेत गर्दै भनेको छ कानुन पालना गर्नु आवश्यक छ र अनावश्यक अफवाह, भ्रामक सूचना तथा एआई सामग्री साझा नगर्नुहोस्।
प्रहरीले यस्तो गतिविधि समाजमा भ्रम सिर्जना गर्न सक्ने र कानूनी समस्यामा फसाउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ। साथै, आवश्यक परे प्रहरीसँग सीधै सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे