
काठमाडौं । काठमाडौं उपत्यका प्रहरीले “शान्त छिमेकी” अभियान चलाउँदै सबैलाई छिमेकीलाई नदुखाउने, अनावश्यक आवाज नगर्ने बानी बसाल्न आग्रह गरेको छ। प्रहरीले विशेष गरी राति अबेर र बिहान सबेरै प्रेसर कुकरको सिट्ठी नबजाउने, ट्वाइलेटको फ्लस पनि सकेसम्म नराम्रो आवाज नआउने गरी चलाउने जस्ता साना तर महत्वपूर्ण कुरामा ध्यान दिन अनुरोध गरेको हो।
यसबाहेक प्रहरीले राति ठूलो स्वरमा फोनमा नबोल्न, हेडफोन प्रयोग गर्न, सकेसम्म मेसेजमै कुरा गर्न, म्युजिक सिस्टम वा टिभी ठूलो आवाजमा नचलाउन पनि भनेको छ। अबेर रातिसम्म नाचगान नगर्न, ढोकाको घण्टी नबजाउन, संगीत अभ्यास गर्दा साइलेंसर वा ध्वनि कम गर्ने साधन प्रयोग गर्न पनि भनिएको छ। बिहान उठ्नेबित्तिकै चर्को आवाजमा खोकी खकार नगर्न पनि सुझाव दिइएको छ।
प्रहरीको भनाइमा अनुसार यस्ता स-साना आवाजले गर्भवती महिला, मुटुका बिरामी, वृद्धवृद्धा र बालबालिकामा मानसिक र शारीरिक असर पार्न सक्छन्। साथै, यस्ता ध्वनिप्रदूषणले छिमेकीबीचको सम्बन्ध र सामाजिक व्यवहार पनि बिग्रिन सक्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे