
काठमाडौँ । विराटनगरका दुई क्यासिनोमा प्रहरीले छापा मारेर २० जना नेपाली नागरिकलाई गरेको छ। आइतबार मध्यराति बिग होटलको च्याम्पियन जोन क्यासिनोबाट ६ जना र रत्ना होटलको गोल्डेन क्यासिनोबाट १४ जना पक्राउ परेका हुन्। पक्राउमा क्यासिनोका प्रमुखहरू पनि छन्—गोल्डेनका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोनका व्यवस्थापक रामकृष्ण गौतम।
क्यासिनोमा नेपाली नागरिकको प्रवेश निषेध भए पनि यहाँ नेपालीहरू सजिलै जाने गरेका थिए र विवादसमेत हुने गरेको थियो। प्रहरीले पक्राउ परेकाहरूविरुद्ध जुवा ऐन अनुसार मुद्दा चलाउने तयारी गरेको छ। स्थानीयवासीले भन्छन्, क्यासिनो राजनीतिक पहुँच र अवैध आर्थिक कारोबारको केन्द्र बनेको छ। विराटनगरदेखि काँकडभिट्टासम्मका क्यासिनोले कानुन उल्लङ्घन गर्दै सञ्चालन गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे