
काठमाडौँ । नेपाल प्रहरीका सहायक हवल्दार बलबहादुर थापामगर मृत फेला परेका छन्। ३० वर्षीय थापामगरको घर उदयपुर भएपनि हाल उनी काठमाडौँ–१०, बुद्धनगरमा बस्दै आएका थिए। आइतबार बिहान उनको पत्नीले डेराको शौचालयमा झुन्डिएको अवस्थामा भेटेपछि तत्काल बानेश्वरस्थित एभरेस्ट अस्पताल लगाइन्, तर चिकित्सकले उनलाई मृत घोषणा गरे।
उनका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। घटनास्थल सिल गरी प्रारम्भिक अनुसन्धान भएको छ। प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान गरिरहेको एसपी पवन भट्टराईले जानकारी दिए। हालसम्म मृत्युको कारण खुलिसकेको छैन, पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र वास्तविक कारण थाहा पाईने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे