
काठमाडौँ , १९ फागुन । रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा अवैध रूपमा सञ्चालन भइरहेका सिभिल हुम्यान एण्ड रिसर्च सेन्टरका सञ्चालक राजन साहलाई प्रहरीले पक्राउ गरेको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा शनिबार अनुगमन गर्दा दर्ता नभएको सो अस्पताल भेटिएको थियो।
मुख्यमन्त्रीले अस्पताल दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको थियो, तर साहले उक्त निर्देशनको पालना नगरी अस्पताल खोलेका थिए । यस कारण सोमबार उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । मुख्यमन्त्री सतीश सिंहले अनुगमनको क्रममा उक्त अस्पताल दर्ता समेत नरहेको पाइएपछि अस्पताल बन्द गर्न तथा सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न लिखित निर्देशन दिएका थिए ।
नियम विपरीत अस्पताल सञ्चालन गरेको पाइएपछि सञ्चालक साहलाई आज बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो । मुख्यमन्त्री सिंहले ११ वटा निजी अस्पतालको अनुगमन गरेका थिए, जसमा १० वटा अस्पताल दर्ता नभएका थिए। अनुगमनमा चन्द्रपुर अस्पताल प्रालिले मात्रै अनुमति प्राप्त गरेको पाइयो। अन्य अस्पतालहरू जस्तै हाइवे ट्रमा, सिभिल हुम्यान, एपोलो सिटी लगायत अहिले बन्द अवस्थामा रहेका छन्
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे