
काठमाडौं । पोखरा महानगरपालिकाले आज आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकाे छ ।मेयर धनराज आचार्यले बुधबार दिउँसो पोखरा सभा गृहमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
पोखराको पर्यटन क्षेत्रको विकासलाई नै केन्द्रमा राखेर नीति कार्यक्रम आउने तथा कृषि, स्वाथ्य र पूर्वाधारलाई पनि प्राथमिकतामा राखिने महानगरपालिकाले जनाएकाे छ ।‘यो वर्ष प्राथमिकता पर्यटनलाई दिएका छौं । पर्यटनको विकास गर्दा सबैको विकास हुन्छ भन्ने मान्यता हो,’ आचार्यले भने । उनले थपे नीतिगत हिसाबले पोखरेली जनताको जीवनयापनलाई कसरी सहज बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुने छौं ।
ट्राफिक व्यवस्थापन, ल्याण्डफिल्ड, पोखरा सिटी तथा क्षेत्रीय बसपार्क, पार्किङ लगायतका समस्या समाधान गर्ने गरी यो नीति तथा कार्यक्रम आउने आचार्यको भनाइ छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे