
पोखरा , साउन १४ । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन् ।
बसका सहचालक आरती विकको मृत्यु भएको छ भने बसमा २७ जना विद्यार्थी, चालक, सहचालक र एक अभिभावक गरी ३० जना सवार रहेको थिए । घाइतेहरुलाई उद्धार गरेर गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ । ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे