
काठमाडौं, भाद्र २ । कवि, गीतकार र संगीतकार प्रेम विनोद नन्दनको ९० वर्षको उमेरमा आइतबार राति चितवन मेडिकल कलेजमा निधन भएको छ। लामो समयदेखि श्वासप्रश्वासको समस्याबाट पीडित नन्दन केही समययता थलिँदै हिँडडुल गर्न नसक्ने अवस्थामा थिए। तनहुँको बन्दीपुरमा जन्मिनुभएका नन्दनले २०११ सालमा ‘झटारो’ गीत संग्रहबाट साहित्यिक यात्रा सुरु गरेका थिए।
उनका धेरै गीत चलचित्रमा चर्चित छन्। उनले कविता, गजल, लघुकाव्य लगायत विभिन्न साहित्यिक कृति प्रकाशन गर्नुभएको छ। उनी छिन्नलता गीत पुरस्कार, नारायणी प्रज्ञा पुरस्कारलगायत थुप्रै सम्मानबाट सम्मानित हुनु भएको थियो। नन्दन नारायणी कला मन्दिरका पूर्व अध्यक्ष र सल्लाहकार पनि थिए । उनको पार्थिव शरीरलाई सोमबार देवघाटमा अन्त्येष्टि गरिनेछ भने आज बिहान ९ बजे नारायणी कला मन्दिरमा अन्तिम श्रद्धाञ्जली कार्यक्रम हुनेछ। उनीका श्रीमती, तीन छोरा र तीन छोरी छन्। साहित्यिक क्षेत्रले उनको निधनलाई अपूरणीय क्षति मानेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे