
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनको भ्रमणका क्रममा लिपुलेकबारे उठेका विवादास्पद विषयहरू उठाउने जानकारी दिए। बुधबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री गुरुङले भारत र चीनले आपसमा सहमति गरेर नेपालको लिपुलेक क्षेत्र प्रयोग गरी व्यापारिक मार्ग खोल्न लागेकोबारे आपत्ति जनाए। उनका अनुसार यस्तो सम्झौता नेपालको सहमति विना भएको र यो हाम्रो सार्वभौमसत्ताविपरीत हो।
प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्र होइन, चीन सरकार प्रमुखहरूसँग पनि यो विषयमा स्पष्ट रूपमा कुरा राख्ने तयारी भइरहेको छ। मन्त्री गुरुङका अनुसार, भारत र चीन दुवैले लिपुलेक नेपालको हो भन्ने थाहा हुँदाहुँदै व्यापारिक सहमति गर्नु आपत्तिजनक छ, र नेपालले यसबारे कूटनीतिक नोटमार्फत असहमति जनाइसकेको छ। त्यस्तै, सरकारले कानुनी र नीतिगत सुधार गर्दै विकास र सुशासनलाई प्राथमिकता दिइरहेको जानकारी पनि मन्त्री गुरुङले दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे