
काठमाडौं, साउन २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल नपाएको समस्या समाधान गर्न कृषि मन्त्री, सचिव र सम्बन्धित अधिकारीहरूसँग आज छलफल गर्दै छन्।
दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनीका अधिकारीलाई बोलाइएको छ। अहिले मलको केही मात्रा स्टकमा भए पनि किसानले समयमै पाउन नसकेको गुनासो आएको छ।
खेतीपातीको मुख्य समय नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले मल अभाव हुन नदिन र समस्याको दीर्घकालीन समाधान खोज्न उच्च प्राथमिकता दिएका छन्। उनले नेपालमै रासायनिक मल उत्पादन गर्न कारखाना खोल्ने र प्राङ्गारिक मलको उत्पादन तथा प्रयोग बढाउने योजना बनाउन पनि निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले किसानलाई आवश्यक मल समयमै पुग्ने व्यवस्था मिलाउन जोड दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे