
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बस्नेछ।
प्रधानमन्त्री ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा शनिबार प्रस्थान गर्न लागेका छन्। सोही भ्रमणअघि तयारीस्वरूप मन्त्रिपरिषद् बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा भ्रमणसम्बन्धी विषयसँगै केही नीतिगत र प्रशासनिक निर्णयहरूमा पनि छलफल हुने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे