
काठमाडौं, जेठ ६ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको छ। दुई नेताबीचको भेट हिजै तय भए पनि ओलीको स्वास्थ्य अवस्था ठीक नहुँदा आजका लागि सारिएको थियो।
आज पनि प्रधानमन्त्री ओली पूर्ण रूपमा स्वस्थ नभएकाले बाह्य कार्यक्रमहरूमा सहभागी नबनी निवासमै भेटघाटको कार्यक्रम तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्तामा समसामयिक राजनीतिक विषयहरूबारे छलफल भएको सचिवालयले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे