
काठमाडौँ, १८ फागुन ।अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) मङ्गलवारबाट ग्याँस बाहेक सैब पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिन्डर बढेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल एलपी ग्यासको मूल्य नबढाउन निर्देशन दिएका छन् । नेपाल आयल निगमले मूल्य वृद्धि गर्ने तयारी थालेको थियो तर प्रधानमन्त्री दाहालले तत्काल मूल्य नबढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन गरेपश्चात् निगमले मूल्यवृद्धि नगर्ने निर्णय लिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे