
एजेन्सी – आज बिहान क्यानडाको प्रमुख शहर टोरन्टोमा अवतरण गर्ने क्रममा एक व्यावसायिक विमान पल्टिएको घटना घटेको छ। मिनेसोटाबाट टोरन्टोका लागि आएको डेल्टा उडानमा सवार सबै ८० जनालाई अमेरिकी संघीय उड्डयन प्रशासनले सकुशल निकालेको छ । ७६ जना यात्रु र चार चालक दलका सदस्य रहेको सो विमान स्थानीय समय अनुसार दिउँसो सभा २ बजे दूर्घटना भएको हो ।
घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको तर अन्यको अवस्था सामान्य भएको बताइएको छ। विमानका चालक दलका सदस्यहरू भने सुरक्षित रहेका छन्। घटनाको कारणहरूको बारेमा छानबिन जारी रहेको टोरन्टो प्रहरीले जानकारी दिएको छ।
दुर्घटना के कारणले भयो भन्ने स्पष्ट नभएपनि मौसमकै कारण हुन सक्ने अनुमान गरिएको छ । क्यानाडामा ६५ किलोमिटरको गतिमा हिउँ र हावा चलिरहेको र तापमान माइनस ८ दशमलव डिग्री सेल्सियस रहेको क्यानाडाको मौसम विज्ञान सेवाले जनाएको छ ।
विमानस्थलमा ल्यान्डिङ र टेक अफ सेवा अस्थायी रूपमा रोकिएको छ र विमानस्थल प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्गदर्शनको लागि आग्रह गरेको छ। यात्रुहरूका परिवारहरूले विमानस्थलको आपतकालीन केन्द्रमा सम्पर्क गर्न सक्ने जानकारी दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे