
काठमाडौं , २८ साउन ।अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परि पाइलटको मृत्यु भएको छ । दुर्घटना सोमबार बिहान १स्५० बजे भएको थियो । हेलिकप्टरमा एक जना मात्र सवार थिए ।
प्रहरीका अनुसार हेलिकप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो । होटलका ८० र ७० वर्षका दुई जना पाहुनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य छ ।
हेलिकप्टर चार्टर गर्ने कम्पनीले यो अनधिकृत उडान रहेको बताएको छ। प्रत्यक्षदर्शीका अनुसार पानी परिरहेका बेला हेलिकप्टर बत्ती नबाली निकै तलबाट आएको थियो र होटलको छतमा ठोक्किएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे