
काठमाडौँ ,२९ कात्तिक | गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त भएका छन् ।श्रोतका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाइ असहयोग गरेको आरोपमा खड्का बर्खास्त भएका हुन् ।
खड्काले कास्की २ (ख) का कांग्रेस उम्मेदवार बिन्दुकुमार थापालाई असहयोग गरेको आरोप लागेको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।
खड्कालाई बर्खास्त गरेर भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रीको जिम्मेवारी मुख्यमन्त्री पोखरेलले नै लिएको सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे