
काठमाडौँ, १ फागुन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार, ट्रम्प र जेलेन्स्की बीचको संवाद ‘धेरै सकारात्मक’ थियो। उनले अमेरिकी सरकार र युक्रेनी नेताहरू बीच शान्ति सम्झौताका लागि प्रतिबद्धता जनाएको बताइन्। ट्रम्पले म्युनिखमा हुने आगामी बैठकको बारेमा पनि कुरा गरेका छन्, जसमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि ट्रम्पसँगको लामो कुराकानीको जानकारी दिँदै शान्ति प्रक्रिया बारे चर्चा भएको बताए। उनले ट्रम्पले आफूलाई राष्ट्रपति पुटिनले भनेका कुरा सुनाएको उल्लेख गरे। रुस र युक्रेन बीचको युद्ध फेब्रुअरी २०२२ देखि जारी छ, जसमा नेपाली नागरिक पनि प्रभावित भएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे