
काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले, भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हो ।
नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ ।
अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ निर्धारण गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे