
काठमाडौँ, १९ चैत । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धनको मूल्य आन्तरिकतर्फ सात रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ घटाएको छ।
नयाँ मूल्य परिवर्तनसँगै, पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १४६.५० रुपैयाँ, १४८ रुपैयाँ र १४९ रुपैयाँमा उपलब्ध हुनेछन्। साथै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ। काठमाडौँमा प्रतिकिलोलिटर मूल्य अमेरिकी डलर ९५२, पोखरामा ७८२ र भैरहवामा ७६७ तोकिएको छ।
नयाँ मूल्य समायोजन इन्डियन आयल कर्पोरेसशनबाट प्राप्त हालको मूल्यसूचीअनुसार गरिएको हो, जसका कारण स्थानीय बजारमा मूल्य घटाइएको निगमले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे