
काठमाडौँ , १० चैत । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत केही कार्यहरू अगाडि बढाउन अनुमति दिएको छ। अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा भइरहँदा एमसिया नेपालले खरिद र कार्यालय सञ्चालनसम्बन्धी कार्यहरू अगाडि बढाउने अनुमति प्राप्त गरेको जनाएको छ। एमसिया नेपालले पारदर्शिता र कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको र अमेरिकी सरकारसँग निकट समन्वय गरिरहेको जनाएको छ।
यसअघि, अमेरिकी सरकारले २०२५ जनवरीमा ९० दिनका लागि भुक्तानी स्थगित गरेको थियो, जसका कारण एमसिसी फन्डबाट भुक्तानी हुने कार्यक्रमहरू रोकिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार, अनुदानको मूल्याङ्कन पछि मात्र निरन्तरताको निर्णय लिइने थियो।
एमसिसी फन्डले नेपालमा ५०० मिलियन डलरको अनुदान उपलब्ध गराउने योजना बनाएको थियो, जसमा प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिको कार्य समावेश छ। २०७४ मा नेपाल र अमेरिकी सरकारबीच सम्झौता भएको थियो। यद्यपि, सम्झौतामा राजनीतिक विवाद भएपछि २०७८ मा संसद्बाट अनुमोदन भएको थियो। एमसिसी परियोजनाका काम यथास्थितिमा रोकिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे