
काठमाडौ , १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री ओली सो भवनको उद्घाटन गर्का हुन् । हनुमानढोकामा रहेको प्रहरी भवन २०७२ सालको भूकम्पमा भत्किएपछि काठमाडौं प्रहरी टेकुमा सरेको थियो। त्यहाँबाट भद्रकालीस्थित भवनमा सरेको छ।
भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री रमेश लेखक लगायतको उपस्थिति रहेको थियो । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने बताए । उनले भने , “प्रहरी साथीहरूलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दालाई प्राथमिकता दिनुपर्यो । जनताको मुद्दालाई प्राथमिकता दिँदा आफ्नो मुद्दा पनि आइहाल्छ,” ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे