
काठमार्डौँ, ३१ श्रावण । पिपुल्स पावर कम्पनीको साधारण शेयर (आईपीओ) आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँअंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँबराबरको २४ लाख ६७ हजार ४०० कित्ता शेयर बिक्री खुला गरेको हो।
कम्पनिले २ प्रतिशत शेयर कर्मचारीका लागि छुट्ट्याइएको छ। ५ प्रतिशत शेयर सामूहिक लगानी कोषहरूमा सुरक्षित गरिएको छ। बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आवेदन भदौ ५ गतेसम्म दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले इलामको इलाम नगरपालिका–१ र ४ मा पुवाखोलाको पानीबाट ४.९६ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे