
काठमाडौँ — जनादेश पार्टीकी संस्थापक सदस्य एलिजा गौतमले एक महिनामै पार्टी छाडेर प्रभु साह नेतृत्वको आम जनता पार्टी ९आजपा०मा प्रवेश गरेकी छन्। आजपामा उनी उपाध्यक्षको जिम्मेवारी पाएकी छन्। एलिजाले फेसबुकमार्फत आफ्नो निर्णयको जानकारी दिँदै पार्टी अध्यक्ष प्रभु साहप्रति आभार व्यक्त गरेकी छन्। एलिजा पहिले अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा बनेको जनादेश पार्टीको केन्द्रीय सदस्य थिइन् र २५ कात्तिकमा दल दर्ता प्रक्रिया पूरा गरेकी थिइन्।
तर बुधबार उनले पार्टी छोडेर आजपामा सामेल हुने निर्णय गरिन्।उपाध्यक्ष गौतमले सार्वजनिक गर्नुभएको ९ बुँदे एजेन्डा विकास, सुशासन, सामाजिक न्याय र राष्ट्रिय हितमा स्पष्ट रूपमा केन्द्रित छ ।
देशमा विकास गराउन पहल गर्ने ,नेपाललाई सम्पन्न तथा समृद्ध बनाउने ,भ्रष्टाचार गर्नेहरूलाई कडाइका साथ कारबाही गर्ने ,देशमा सुशासन ल्याउने र जनताको काम समयमै हुने वातावरण सृजना गर्ने ,भुइँ मान्छेको एजेन्डा बोकेर अघि बढ्ने ,व्यक्तिगत स्वार्थ छोडेर राष्ट्रको हितलाई सर्वोपरि राखेर अघि बढ्ने उनका मुख्य एजेन्डा रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे