
काठमाडौँ ,१३ साउन|परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिका सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिएको जानकारी दिएका छन् ।परराष्ट्रमन्त्री खड्काले शुक्रबार प्रतिनिधिसभाको बैठकमा यसबारे जानकारी गराएका हुन् ।साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकी सरकारलाई लिखित जानकारी पठाइएको जानकारी उनले संसद्लाई दिए ।
उनले बैठकमा भने, ‘साउन ९ गते कुटनीतिक माध्यमबाट नेपालले एसपीपी अघि नबढाउने निर्णयसहितको लिखित जानकारी अमेरिकी सरकारलाई गराइसकेको छ ।आन्तरिक परामर्श गर्नुपरेकाले अमेरिकालाई लिखित जानकारी पठाउन केही ढिला भएको मन्त्री खड्काले बताए ।सरकारले अमेरिकालाई पठाएको एसपीपी पत्र सार्वजनिक गर्न सांसदहरूले माग गरेका छन् ।सांसदहरू भीमबहादुर रावल ,पवित्रा खरेल निरौला, नारायणप्रसाद खतिवडा, घनश्याम खतिवडा आदिले पत्र सार्वजनिक गर्न माग गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे