
संघिय सासंद एवमं नेमकिपाका केन्द्रिय सचिव प्रेम सुवालले देशका सतहत्तररै जिल्लाबाट आफ्नो उच्च शिक्षाको लागि आउनु भएका नव आगन्तुक विद्याथीहरुको लागि अभिमुखीकरण तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रममा, विध्यार्थी, प्रध्यापक ,प्राचार्य, स्थानिय प्रतिनिधिलाई सम्वोधन गर्नु हुदै, भक्तपुरमा ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गले न्युन शुल्कमा शैक्षिक सेवा प्रदान गदै आएको र यहाँ वाट दैशभरका विध्यार्थी अभिभावक सन्तुष्ट रहेको हुदाँ, भक्तपुर नगरपालिकाले चिकित्सण शिक्षामा एम वि वि एसको पढाइ पनि पन्ध्र लाख मै हुने दावी गदै नेपालमा निजि तथा सिमित स्वार्थ समुहले, चर्को शुल्कमा एम वि वि एसको शिक्षण प्रदान गर्ने संस्थाले मात्र शिक्षण सम्वन्धन प्राप्त गरेको तर सहुलियत शुल्कमा भक्तपुर नगरपालिकाले एम वि वि एसको पढाई गराउने भन्दा पनि अनुमति नदिनुले राज्यले गरिव जनतालाई शिक्षाको पहुँचबाट वन्चित गराउनु संवैधानिक राज्यमा विभेद, भष्टचारलाई प्रसय दिनु हो वताएका छन्।
एउटा उदाहरण दिदै, एक विध्यार्थी विराटनगरमा एम वि वि एसको पढाइका लागि गएको र अभिभावकले व्यालिस लाख रुपैया जग्गा वेचेर आएको पैसा दिदा समेत यो त सरकारले तोकेको शुल्क भयो , कलेजको शुल्क खै भन्दै माग भएकोले अभिभावकले आफुलाई गुनासो सुनाएको र सम्वन्धित ठाउँमा शिक्षण संस्थाहरुले ठगी गरेको जानकारी समेत गराउनु भयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे