
काठमाडौँ, वैशाख १० | बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार बिहान पाल्पामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह –३, का ३५ वर्षीया राधिका पौडेल रहेकी छिन् । पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान सवा नौ बजे बुटवलबाट पाल्पा हुँदै बाग्लुङको बुर्तिबाङ्तर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा घाइते भएका ३६ जनाको उद्धार गरिएको छ। घाइतेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।घाइते सबैको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेलाई प्रहरी, सेना, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको छ ।
सडकबाट निकै तल खसेको बस खोंचमा अड्किएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे