
काठमाडौँ । बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको आजको दिनसम्म पनि पूर्ण नतिजा आउन सकेको छैन । निर्वाचन आयोगको अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०० स्थानीय तहको नतिजा घोषणा भएको छ ।आयोगका अनुसार स्थानीय तहको प्रमुखतर्फ १२६ तथा अध्यक्षतर्फ ४४९ स्थानको नतिजा घोषणा भएको छ ।
त्यस मध्य नेपाली काँग्रेसले १२४ प्रमुख र १८४ अध्यक्षमा जितेको छ ।उता नेकपा एमालेले स्थानीय तहका ६७ प्रमुख तथा १२१ अध्यक्ष पद जितेको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २४ प्रमुख र ९६ अध्यक्ष पद जितेको छ ।
यस्तै एकीकृत समाजवादीले ९ प्रमुख जितेको छ भने अन्य पार्टी लनायत स्वतन्त्र उम्मेदवारहरुले २५ पालिका जितेका छन् ।यस्तै गाउँपालिकातर्फ जसपाले २० स्थानीय तह र एकीकृत समाजवादी, लोसपा, जनमतलगायतका पार्टी र स्वतन्त्र उम्मेदवारले २४ पालिकामा जितेका छन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे