
काठमाडौं, ०३ वैशाख । नयाँ वर्षको अवसरमा इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी)ले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
नेपाल मेडिकल कलेज (एनएमसी) ब्लड बैङ्कसँगको सहकार्यमा भएको रक्तदानमा ७५ जनाले रक्तदान गरेका छन्।
क्यानडा अध्ययन सम्बन्धी शैक्षिक परामर्श केन्द्र आईसीसीसीले रक्तदान कार्यक्रमको आयोजना गरेको आईसीसीसीका निर्देशक राम खड्काले जानकारी दिनुभयो।
आईसीसीसीका म्यानेजर अमित श्रेष्ठले नेपाली विद्यार्थीलाई अध्ययनका लागि क्यानडा पठाउने संस्थाको रूपमा परिचित आईसीसीसीले आफूलाई समाजमा अन्तरघुलित गराउन रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो।
‘यो नयाँ वर्षको सुरुवात हामीले सामाजिक कार्य गरेर गरेका छौँ। यसका अतिरिक्त हामीले शैक्षिक परामर्शका सबै काम गर्दै आएका छौँ’, उहाँले भन्नुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे