
काठमाडौं , १८ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको नेतृत्वमा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंहसहितको टोलीले शनिबार रौतहटको चन्द्रपुर र सर्लाहीको हरिवनमा १३ वटा निजी अस्पतालको अनुगमन गरेको थियो। अनुगमनमा १२ वटा अस्पताल अनाधिकृत रुपमा सञ्चालनमा रहेको पाइएको छ। मुख्यमन्त्री सिंहले ती अस्पतालहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
चन्द्रपुर स्थित चन्द्रपुर हस्पिटल मात्र कानूनी अनुमति प्राप्त अस्पताल हो। अन्य अस्पतालहरूमा मापदण्ड पूरा नगरी सञ्चालन गरिएको र उपचारको गुणस्तरमा कमी रहेको जानकारी प्राप्त भएपछि मुख्यमन्त्री सिंहले ती अस्पतालहरूलाई निर्धारित प्रक्रिया अनुसार अनुमति प्राप्त नगरी सञ्चालन नगर्न निर्देशन दिएका छन्। सर्लाहीका दयन्ती हस्पिटल र जीवन हेल्थकेयर पनि बन्द गरिनुपर्ने अस्पतालहरूको सूचीमा छन्।
यससँगै मुख्यमन्त्री सिंहले निजी अस्पतालहरूको अनुगमनलाई तीव्रता दिइरहनु भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे