
काठमाडौं, ८ भाद्र । हुम्लामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । जिल्लाको ताजाकोट गाउँपालिका–४ का मनऋषि जैसी खोलाले बगाएर बेपत्ता भएका हुन् ।
रातभरि परेको वर्षाको कारण खोलामा पानी बढेको र सो खोला तर्ने क्रममा जैसीलाई पानीले बगाएपछि बेपत्ता हुनुभएको हो ।
उनी सर्केगाड गाउँपालिका–२ को रिपगाड भन्ने ठाउँमा अन्न पिसानीका लागि पुगेका थिए । खोलामा पानीको बहाव बढेपछि बाढीले घट्टसहित बगाएको थियो ।
हुम्ला प्रहरीकाअनुसार बाढीले ३० बोरो अन्न पनि बगाएको छ । बेपत्ता भएका उनको खोजी कार्य जारी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे