
बाजुरा, २६ फागुन । बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृतक स्वामिकार्तिक खापर गाउँपालिका–२ फयालगाउँ बस्ने अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेका छन्। प्रहरीले जनाएको अनुसार, गत आइतबार बेलुका भण्डारी कर्णाली नदीमा माछा मार्न जाँदा हाँडेको भीरबाट लडेपछि घाइते भएका थिए।
घाइते अवस्थामा नै उनले आफूलाई उद्धार गर्न आग्रह गर्दै परिवार र आफन्तलाई फोन गरेका थिए । त्यसपछि परिवार र आफन्तले प्रहरीलाई तत्काल उद्धार गर्न भन्दै खबर पठाए । स्थानीयले प्रहरीलाई जानकारी दिएपछि घटनास्थल पुगेको प्रहरीले उनलाई मृत अवस्थामा फेला पारेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे