
काठमाडौँ , २९ माघ । संयुक्त राज्य अमेरिकाको एरिजोनाको स्कट्सडेल विमानस्थलमा सोमबार निजी जेट विमानहरू ठोक्किँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । संघीय उड्डयन प्रशासनले जानकारी दिएको अनुसार, एक निजी जेट सोमबार दिउँसो २ बजेर ४५ मिनेटमा रनवेबाट बाहिर निस्केर अर्को जेटसँग ठोक्किएको छ। यस घटनामा लियरजेट ३५ ए विमान धावनमार्गबाट बाहिर गएको थियो र त्यसपछि गल्फस्ट्रिम २०० बिजनेस जेटसँग ठोक्कियो। विमानस्थलमा उडान अस्थायी रूपमा रोकिएका थिए, र घटनामा सवार यात्रुको संख्या अहिलेसम्म सार्वजनिक भएको छैन।
यो घटना अमेरिकामा पछिल्लो १० दिनमा भएको चौथो विमान दुर्घटना हो। यसअघि, अलास्काबाट नोम सहर जाँदै गरेको विमान बेपत्ता भएको थियो, जसको खोजी अभियान चलाइन्छ। केही समय पछि, उक्त विमानको भग्नावशेष समुद्री बरफमा फेला परेको थियो। घटनामा विमानमा सवार १० जनाको मृत्यु भएको पुष्टि गरिएको छ। यसअघि, अमेरिकामा दुई विमान आकासमा ठोक्किएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे