सुर्खेत , ३ कार्तिक । भेरीगंगा नगरपालिका-१२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ५५ मिलिग्राम सहित भारतको बहराईज नानपरा घर भई बिरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन बस्ने २६ वर्षीय लियाकत अलीलेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको बा.५ च ३७७२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवारी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे