काठमाडौँ — दाङको राप्ती गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
राप्ती–५ पहरूवाका मोहन चौधरीको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट लागेको थियो ।
उनको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे