
काठमाडौँ, ९ फागुन । सूर्यविनायक नगरपालिका-९ नलिञ्चोकमा गए राति तीनवटा मोटरसाइकल एकअर्कासँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ र अन्य दुई जना घाइते भएका छन्। भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार, दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका-४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो। गम्भीर घाइते भएका तामाङको इवामुरा अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ।
यसैगरी, दुर्घटनामा सूर्यविनायक नगरपालिका-९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ र उनको उपचार ठिमीस्थित मध्यपुर अस्पतालमा भइरहेको छ। दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका-११ का ३९ वर्षीय टीकाराम श्रेष्ठलाई उपचारपछि घर फर्काइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे