
काठमाडौँ , १५ वैशाख । गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन्। सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षीय राजु खनालको चट्याङ लागेर मृत्यु भएको हो। पालुङटार–७ की ५० वर्षीया सुक माया आले र उनकी १८ वर्षीया बुहारी बिपना आले गम्भीर घाइते भएका छन्।
आइतबार राति ८:५० बजे घरमै बसिरहेको अवस्थामा चट्याङ परेको थियो। गम्भीर घाइते भएका खनाललाई गोरखा अस्पताल लगिएको थियो, जहाँ राति १२: ४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि राखिएको छ। घाइते सुक माया र बिपनालाई थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको प्रहरीले जानएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे